Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिटिजन्स बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १२५ रुपैयाँ

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल ले संस्थापक समूहअन्तर्गतको १ लाख ६९ हजारभन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकका अनुसार संस्थापक समूहको कुल १ लाख ६९ हजार २१३ कित्ता सेयर बिक्रीका लागि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल ले संस्थापक समूहअन्तर्गतको १ लाख ६९ हजारभन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकका अनुसार संस्थापक समूहको कुल १ लाख ६९ हजार २१३ कित्ता सेयर बिक्रीका लागि खुला गरिएको हो। उक्त सेयर खरिद गर्न इच्छुक हालका संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

आवेदन दिन चाहनेहरूले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। तोकिएको समयावधिभित्र प्राप्त आवेदनका आधारमा सेयर बाँडफाँट प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

बैंकले यसअघि पनि आवश्यकताअनुसार संस्थापक समूहभित्रै सेयर खरिद–बिक्रीको अवसर प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/