Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकबाट सात अर्ब सात करोड ऋण सहयोग

काठमाडौं – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंकले सात अर्ब सात करोड २० लाख रुपैयाँ बराबरको ऋण सहयोग अनुमोदन गरेको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंकले सात अर्ब सात करोड २० लाख रुपैयाँ बराबरको ऋण सहयोग अनुमोदन गरेको छ।

वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार उक्त सहयोग “नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट” सञ्चालनका लागि प्रदान गरिएको हो। परियोजना विशेषगरी वायु प्रदूषणको उच्च जोखिम भएका काठमाडौं उपत्यका तथा तराईका केही क्षेत्रमा केन्द्रित रहने बताइएको छ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। यसका लागि उद्योग तथा व्यवसायमा प्रयोग हुने प्रविधि सुधार, प्रदूषण नियन्त्रण प्रणाली स्थापना र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गरिनेछ।

परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागमार्फत कार्यान्वयन गरिने जनाइएको छ।

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा यस परियोजनाले शहरी क्षेत्रमा वायु गुणस्तर सुधार, जनस्वास्थ्यमा सकारात्मक प्रभाव तथा दिगो आर्थिक गतिविधिलाई सहयोग पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ।

सरकार र विश्व बैंकबीचको सहकार्यमा सञ्चालन हुने उक्त परियोजनाले नेपालमा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/