Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ग्यास आपूर्तिमा चाप बढ्दा उपभोक्ता ग्यास लिन सप्लायर्सकोमा लाइन बस्नुपर्ने बाध्यता

बजारमा खाना पकाउने ग्यासको उपलब्धता कमजोर बनेपछि उपभोक्ताहरू विभिन्न ग्यास सप्लायर्सको कार्यालयमा पुगेर लामो समय लाइन बस्न बाध्य भएका छन्। नेपाल आयल निगमले फागुन देखि आधा सिलिन्डर ग्यास वितरण गर्दै आएको थियो।…


विज्ञापनAdvertisement Banner
1 min read

बजारमा खाना पकाउने ग्यासको उपलब्धता कमजोर बनेपछि उपभोक्ताहरू विभिन्न ग्यास सप्लायर्सको कार्यालयमा पुगेर लामो समय लाइन बस्न बाध्य भएका छन्। नेपाल आयल निगमले फागुन देखि आधा सिलिन्डर ग्यास वितरण गर्दै आएको थियो। तर असारको अन्तिमबाट पुनः पूरा सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग उल्लेखनीय रूपमा बढेको हो।

यही बढ्दो मागका कारण साउनको पहिलो सातादेखि बजारमा ग्यास सहज रूपमा प्राप्त गर्न कठिनाइ देखिएको छ। उपभोक्ताले ग्यास खोज्दै विभिन्न वितरण केन्द्र धाइरहे पनि आवश्यक परिमाणमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।

यता नेपाल आयल निगमले भने देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको र अभावको अवस्था सिर्जना नभएको दाबी दोहोर्‍याउँदै आएको छ। तर, बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको वितरण केन्द्रमा सेवाग्राहीको उल्लेख्य भीड तथा लामो लाइन छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/