Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मधेशमा एआईजीदेखि एसएसपीसम्मका १५ वरिष्ठ प्रहरी अधिकृत फिल्डमा

काठमाडौं – मधेश प्रदेशमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका १५ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न प्रदेश तथा जिल्लामा परिचालन गरेको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – मधेश प्रदेशमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका १५ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न प्रदेश तथा जिल्लामा परिचालन गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार हालको सुरक्षा परिस्थितिको प्रभावकारी व्यवस्थापनका लागि प्रहरी जनशक्ति तथा स्रोत–साधनको परिचालनको मूल्याङ्कन, आवश्यक नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण तथा आवश्यकताअनुसार फिल्डमै खटिएर सुरक्षा अवस्थाको अनुगमन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको हो।

खटाइएका अधिकृतहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण गर्दै स्थानीय तहमा देखिएका समस्या तथा गुनासो सुन्ने, सुरक्षा अवस्थालाई नियन्त्रणबाहिर जान नदिई समयमै सामान्यीकरण गर्ने तथा आवश्यक विवरण प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदनका रूपमा पेश गर्ने जिम्मेवारी पनि पाएका छन्।

खटाइएका अधिकृतमध्ये एआईजी सिद्धी विक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सिराहा र अबि नारायण काफ्लेलाई सप्तरी खटाइएको छ।

यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्र सिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा तथा अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशको जिम्मेवारी तोकिएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/