Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घनमा तीन ब्रोकरलाई १ करोड १० लाख जरिवाना

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ,भने एउटा मर्चेन्ट…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ,भने एउटा मर्चेन्ट बैंकरलाई सचेत गराएको छ।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ग मा रहेको व्यवस्था उल्लङ्घन गरेको पाइएपछि सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ तथा श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।

बोर्डले यी संस्थाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी दायित्व पूरा नगरेको निष्कर्ष निकाल्दै ऐनको दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।

यसैबीच, बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले उक्त कारबाही गरेको हो।

बोर्डका अनुसार उक्त कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ को खण्ड (ख) विपरीत व्यवसायिक स्तर कायम गर्न नसकेको ठहर भएको छ। त्यसैका आधारमा बोर्ड सञ्चालक समितिको निर्णयअनुसार नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सानिमा क्यापिटललाई पहिलो पटकका लागि सचेत गराइएको बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/