Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भगवती हाइड्रोपावरको झण्डै ५८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं - भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता शेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता,…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता शेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ ।

कम्पनीको संस्थापक शेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख ७८ हजार २३९.९० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूको २० हजार ३४७.२० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्मका लागि संस्थापक शेयरधनीले लगानी गरेको शेयरका साथै आयोजना प्रभावित र कम्पनीका कर्मचारीहरूमा बाँडफाँड गरिएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ ।

लकइन अवधि सकिएसँगै भदौ १८ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालकहरू तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/