
काठमाडौं – शेयर बजारमा गिरावटको क्रम रोकिएको छैन। लगातार चौथो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।
यस दिन नेप्से १६.२९ अंकले घट्दै २,६७२.५८ विन्दुमा पुगेको छ। त्यससँगै सेन्सेटिभ इन्डेक्स २.३१ अंकले ओरालो लागेको छ। फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेका छन्।
कारोबार रकममा पनि कमी देखिएको छ। अघिल्लो दिनको तुलनामा यस दिन ३३७ कम्पनीका ७५ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर ४४ हजार ६५१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। यसअघि कारोबार रकम ४ अर्ब २ करोड रुपैयाँभन्दा माथि रहेको थियो।
एभरेष्ट कलर कम्पनीको शेयर लगातार नवौँ कारोबार दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर मूल्य १४८ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १,१३८ रुपैयाँ ६० पैसामा पुगेको छ।
यता, कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि १२.५ प्रतिशतभन्दा बढीले घट्दै दबाबमा परेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको करिब १५ करोड ५० लाख रुपैयाँ तथा रिडी पावर कम्पनीको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारका सबै १३ उपसमूहमा गिरावट देखिएको छ। तीमध्ये जलविद्युत उपसमूह १.२० प्रतिशतले सबैभन्दा धेरै घटेको छ भने विकास बैंक उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। अन्य उपसमूहहरूमा भने १ प्रतिशतभन्दा कम दरले कमी आएको छ।






Leave a Reply