
काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ ।
सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता शेयरहरू (बोनस शेयर र हकप्रद शेयर सहित) मध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयर लकइनमा रहेको थियो ।
सन नेपाल लाइफका संस्थापक शेयरधनीहरूको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीको उक्त शेयरहरू विगत तीन वर्षदेखि लकइनमा रहेको थियो । लकइन अवधि सकिएपछि भदौ १५ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का यथावत् रहने कम्पनीले जनाएको छ ।






Leave a Reply