Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विकास बैंकको नाफा ६ अर्ब २८ करोड: अग्रस्थानमा गरिमा र मुक्तिनाथ, १७ मध्य कुनले कति कमाए ?

काठमाडौं — चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को १० महिनाको अवधिको तुलनामा भने ७५.२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा ५ बैंकको ऋणात्मक रहेको छ भने १३ बैंकको नाफामा आकर्षक सुधार देखिएको हो ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो नम्बरमा रहेको छ । १० महिनाको अवधिमा बैंकले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.९५ प्रतिशतले बढी हो ।

बैशाख मसान्तसम्मको अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा २८ प्रतिशतले बढेर १ अर्ब १० करोड ६३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४५ प्रतिशतले बढेर ८९ करोड ३९ लाख र कामना सेवा विकास बैंकको १६ प्रतिशतले बढेर ६७ करोड २ लाख रुपैयाँ पुगेको हो ।

यता, ज्योति विकास बैंकको नाफा १०० प्रतिशतले बढेर ७२ करोड ४९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ९.४७ प्रतिशतले बढेर ५४ करोड ६० लाख, महालक्ष्मी विकास बैंकको ०.१३ प्रतिशतले बढेर ४६ करोड ३८ लाख र लुम्बिनी विकास बैंकको ४२८ प्रतिशतले बढेर ६३ करोड ६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, एक्सेल डेलभपमेन्ट बैंकको १४ करोड ६३ लाख, मितेरी डेभलपमेन्ट बैंकको १० करोड ३५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ५ करोड ८६ लाख, कर्पोरेट डेभलमपेन्ट बैंकको २ करोड ८७ लाख रुपैयाँ नाफा रहेको छ ।

यता, चार बैंकको नाफा भने ऋणात्मक रहेको छ । सालपा विकास बैंकको ८० लाख, सिन्धु विकास बैंकको ३ करोड ७३ लाख, नारायणी डेभलपमेन्ट बैंकको ५ करोड ४९ लाख र कर्णाली डेभलपमेन्ट बैंकको २३ करोड ९६ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/