काठमाडौं — आर्थिक बर्ष २०८२ पुससम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्पत्ति ३४ अर्ब ७० करोड रुपैयाा पुगेको छ। आर्थिक बर्ष २०८१र८२ को आर्थिक सुरक्षणले यस्तो देखाएको हो ।
साथै यस कोषले २०८२ फागुनसम्म विभिन्न ५५ बैङ्क तथा वित्तीय संस्थामा रहेका ५ करोड १८ लाख ७९ हजार निक्षेप खातामा रहेको रु.१७ खर्ब ७३ अर्ब ५५ करोडको निक्षेप सुरक्षण गरेको छ ।
यस अवधिसम्म कोषले विभिन्न ७४ बैङ्क तथा वित्तीय भएकोमा हालसम्म ३ हजार ६ सय ८८ दावीकर्तालाई पूर्ण रुपमा कुल रु. २ अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ ।
साथै चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७ सय ६३ दावीकर्तालाई रु. १२ करोड २३ लाख रकम फिर्ता गरिएको छ ।




