Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्न लागेको जनाएको हो।

राष्ट्र बैंकले यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ ६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा ५ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १ अर्ब ५ करोड रुपैयाँ तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३५ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिनेछ।

राष्ट्र बैंकका अनुसार उक्त रकम सन् २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि लगानी गरिनेछ।

मुद्दती निक्षेपमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले विभिन्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको, तरल सम्पत्ति खुद निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको तथा अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको संस्था मात्र योग्य हुने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिएको तथा रियल स्टेट कर्जा तोकिएको सीमा ननाघेको हुनुपर्ने सर्त पनि राखिएको छ। राष्ट्र बैंकले यी मापदण्ड पूरा गर्ने संस्थाहरूबाट प्रतिस्पर्धात्मक ब्याजदर प्रस्तावका आधारमा रकम लगानी गर्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/