spot_img
26.1 C
Kathmandu
spot_img
Homeबजारयस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी, फलफूल, हरियो सागसब्जी तथा मसला बालीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

आज सार्वजनिक गरिएको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५ मा कारोबार भइरहेको छ भने गोलभेँडा सानो (लोकल) रु ६५, गोलभेँडा सानो (भारतीय) रु ७० र गोलभेँडा सानो (तराई) रु ५२ निर्धारण गरिएको छ । आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) रु २५ तथा प्याज सुकेको (भारतीय) रु ३८ कायम भएको समितिले जनाएको छ ।

त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा रु ३५, काउली स्थानीय रु ४५, रातो मूला रु ७७ र सेतो मूला (हाइब्रिड) रु २० मा बिक्री भइरहेको छ । भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो रु ६० निर्धारण गरिएको छ ।

हरियो तरकारीतर्फ बोडी (तने) प्रतिकिलो रु ६०, मकै बोडी रु ८०, घिउ सिमी (लोकल) रु ८०, घिउ सिमी (हाइब्रिड) रु ७० र घिउ सिमी (राजमा) रु ९० कायम गरिएको छ । त्यस्तै भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला रु ७०, लौका रु ५०, परवर (लोकल) रु ६० र परवर (तराई) रु ५५ तोकिएको छ ।

सागसब्जीको मूल्यमा पनि विविधता देखिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो रु १२०, तोरीसाग रु ४०, चमसुरको साग रु १२० तथा मेथीको साग रु १०० मा कारोबार भइरहेको छ । हरियो प्याज प्रतिकिलो रु १५० तथा हरियो धनियाँ रु १०० कायम भएको छ ।

च्याउको मूल्य तुलनात्मक रूपमा उच्च देखिएको छ । च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) रु ३८०, राजा च्याउ रु ३२० तथा सिताके च्याउ रु १ हजार निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु २८०, स्याउ (झोले) रु २३०, केरा (मालभोग) प्रतिदर्जन रु २२०, अनार प्रतिकिलो रु ४५० तथा अङ्गुर (कालो) रु ४५० कायम भएको छ । त्यस्तै लिच्ची प्रतिकिलो रु २३० तथा एभोकाडो रु ८०० मा कारोबार भइरहेको समितिले जनाएको छ ।

मसला तथा अन्य कृषिउपजमा अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी रु १०० तथा लसुन सुकेको (चाइनिज) रु २०० निर्धारण गरिएको छ । माछातर्फ रहु माछा प्रतिकिलो रु ३३०, बचुवा माछा रु ३१० तथा छडी माछा रु २६० कायम भएको छ ।

समितिले बजारको माग र आपूर्तिको अवस्थाअनुसार दैनिक रूपमा कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here