Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन बैंकमाथि राष्ट्र बैंकको कारबाही, आधा दर्जन व्यवस्था उल्लंघन

काठमाडौं — नेपाल राष्ट्र बैंक ले हिमालयन बैंक लिमिटेड माथि कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा केन्द्रीय बैंकबाट कारबाहीमा पर्ने एक मात्र बैंक हिमालयन बैंक बनेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक ले हिमालयन बैंक लिमिटेड माथि कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा केन्द्रीय बैंकबाट कारबाहीमा पर्ने एक मात्र बैंक हिमालयन बैंक बनेको हो ।

राष्ट्र बैंकले जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको निष्कर्ष निकालेपछि कारबाही अघि बढाएको जनाएको छ । निरीक्षणका क्रममा बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुने गरी छुट दिएको तथा उक्त छुट रकम बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको थियो ।

त्यस्तै, तोकिएको समयसीमा नाघिसकेपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्र प्राप्त गरी कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक, पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र वर्गीकरण गरी बाँकी रकमलाई असल कर्जामै राखिएको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको पाइएको छ ।

निरीक्षणमा केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, ऋणीहरूको भुक्तानी अवधि लामो समयसम्म अस्थायी रूपमा थपिएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जामा वर्गीकरण नगरी पर्याप्त नोक्सानी व्यवस्था कायम नगरिएको समेत भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

यी कार्यहरू नेपाल राष्ट्र बैंक द्वारा जारी एकीकृत निर्देशन २०८१ विपरीत रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २ (क) अनुसार बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

यस्तै, ऐनको दफा १०० उपदफा १ (ख) अनुसार निर्देशन उल्लंघन गरेबापत बैंक सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/