spot_img
27.1 C
Kathmandu
spot_img
Homeबजारयस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको सूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछाका मूल्य अद्यावधिक गरिएको हो ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) रु ५२, आलु रातो (लाम्चो) रु ३०, आलु रातो (गोलो) रु २५ तथा प्याज सुकेको (भारतीय) रु ३८ कायम गरिएको छ ।

त्यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा रु ४०, काउली रु ५०, रातो मूला रु ७५, सेतो मूला रु २०, भन्टा लाम्चो रु ४० तथा भन्टा डल्लो रु ६० निर्धारण गरिएको छ ।

दलहन तथा हरियो तरकारीतर्फ बोडी (तने) रु ७०, मकै बोडी रु ८०, घिउ सिमी (लोकल) रु १००, करेला रु ७०, लौका रु ५०, चिचिन्डो रु ४५, घिरौँला रु ५०, भिन्डी रु ५० तथा स्कुस रु ५५ कायम भएको छ ।

सागसब्जीमा रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो रु १२०, मेथीको साग रु १००, हरियो प्याज रु १५० तथा च्याउ (कन्य) रु १६० निर्धारण गरिएको छ । सिताके च्याउको मूल्य भने प्रतिकिलो रु १ हजार तोकिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (मालभोग) दर्जनको रु २२०, अनार रु ४५०, अङ्गुर (हरियो) रु ३२०, लिच्ची रु २३० तथा एभोकाडो रु ८०० कायम गरिएको समितिले जनाएको छ ।

यसैगरी अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी रु ४३०, हरियो धनियाँ रु १००, लसुन सुकेको (चाइनिज) रु २०० तथा माछा (रहु) प्रतिकिलो रु ३३० निर्धारण गरिएको छ ।

समितिले दैनिक रूपमा बजारमा हुने आपूर्ति, माग तथा मौसमी अवस्थालाई आधार मानेर कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here