Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नौ महिनामा ८ खर्ब ९२ अर्बको अन्तर बैंक कारोबार, उल्लेख्य गिरावट

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। यस आधारमा अन्तर बैंक कारोबारमा उल्लेख्य कमी आएको देखिएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच ७ खर्ब ४९ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, वाणिज्य बैंकबाहेक अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूबीच १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ तथा अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/