Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ निक्षेप संकलन, ४४ दिनका लागि बोलकबोल खुला

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले ४४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले ४४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया आजै सञ्चालन हुनेछ। यसमा ब्याजदर बजारको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी असार ५ गते गरिनेछ।

बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नजाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थाले एकभन्दा बढी ब्याजदरमा समेत बोलकबोल गर्न पाउनेछन्।

निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ। आह्वान गरिएको रकम बराबर वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

यसरी संकलित निक्षेप सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। तर उक्त रकमलाई अनिवार्य नगद मौज्दात (CRR) गणनामा समावेश गर्न नपाइने स्पष्ट गरिएको छ।

राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत बजारमा तरलता व्यवस्थापन गर्ने नीति अन्तर्गत यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/