Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, सानो (लोकल) ६० रुपैयाँ र सानो (भारतीय/तराई)…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, सानो (लोकल) ६० रुपैयाँ र सानो (भारतीय/तराई) ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो २७ रुपैयाँ तथा भारतीय आलु २३ रुपैयाँ प्रतिकिलो रहेको छ भने सुकेको प्याज (भारतीय) ४० रुपैयाँमा उपलब्ध छ।

तरकारीतर्फ गाजर (लोकल) ५० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा ३०–३५ रुपैयाँ, काउली ४०–५० रुपैयाँ र सेतो मूला २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। भन्टा ४० देखि ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

हरियो तरकारी र फलफूलमा बोडी ८० रुपैयाँ, मटरकोसा ५० रुपैयाँ, घिउ सिमी ३० देखि १०० रुपैयाँसम्म, करेला ४० रुपैयाँ, लौका ३० रुपैयाँ, भिन्डी ६० रुपैयाँ र फर्सी २५ देखि ५५ रुपैयाँसम्म तोकिएको छ।

सागसब्जीतर्फ रायोसाग ५० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, मेथी ७० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ र च्याउ २०० देखि १,००० रुपैयाँसम्ममा पाइने समितिले जनाएको छ।

फलफूलतर्फ स्याउ २५० देखि ३०० रुपैयाँ, केरा दर्जन २२० रुपैयाँ, कागती ३८० रुपैयाँ, अनार ४८० रुपैयाँ, अङ्गुर २५० देखि ३८० रुपैयाँ र किबी ५०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, मसला तथा अन्य वस्तुमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ५५ देखि ७० रुपैयाँ, लसुन १२० देखि २०० रुपैयाँ र ताजा माछा ३०० देखि ३४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

समितिले दैनिक रूपमा बजारको माग र आपूर्तिअनुसार मूल्य समायोजन हुने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/