Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

४९ दिनका लागि ४० अर्ब संकलन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न महत्वपूर्ण कदम चालेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको हो। राष्ट्र बैंकका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न महत्वपूर्ण कदम चालेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त रकम संकलनका लागि आज वैशाख १६ गते दिउँसो ३ बजे बोलकबोल (auction) प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

यस निक्षेप संकलन उपकरणमा ब्याजदरका आधारमा प्रतिस्पर्धात्मक बोलकबोल गरिनेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्ने सुविधा पनि उपलब्ध रहने बताइएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र यस प्रक्रियामा सहभागी हुन अनुमति दिइएको छ।

राष्ट्र बैंकले जारी गरेको यो निक्षेप संकलन उपकरणको अवधि ४९ दिन रहनेछ। यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते गरिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/