Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड नजिक, अधिकांश वित्तीय सूचकमा सुधार

काठमाडौं — महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफासहित अधिकांश सूचकमा सुधार भएको जनाएको छ। बैंकले चैत मसान्तसम्मको अवधिमा ४५ करोड ९९ लाख ६४…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफासहित अधिकांश सूचकमा सुधार भएको जनाएको छ।

बैंकले चैत मसान्तसम्मको अवधिमा ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३६ प्रतिशतले वृद्धि हो। गत वर्ष सो अवधिमा बैंकको नाफा ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। गत वर्षको ९ महिनामा १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षमा बढेर १ अर्ब ६३ करोड २३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर ६९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो नाफा ६२ करोड ८१ लाख रुपैयाँ थियो।

वितरणयोग्य नाफा भने १० करोड ९९ लाख ७८ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ।

पुँजी संरचनामा पनि वृद्धि देखिएको छ। बैंकको चुक्तापुँजी ४ अर्ब २९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चिति रहेको छ।

तर, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्ष ४.९९ प्रतिशत रहेको खराब कर्जा यस अवधिमा बढेर ६.५९ प्रतिशत पुगेको छ।

यसैगरी, बैंकको प्रतिशेयर आम्दानी (EPS) १३.५५ रुपैयाँबाट बढेर १३.५९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२.०१ रुपैयाँ रहेको छ।

समग्रमा, महालक्ष्मी विकास बैंकले नाफा तथा प्रमुख वित्तीय सूचकहरूमा सुधार देखाए पनि खराब कर्जा वृद्धि भने चुनौतीको रूपमा देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/