Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिजो भित्रियो ६ लाख २७ हजार किलो कृषि उपज,यस्तो छ आजको तरकारी तथा फलफुलको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमबार ६ लाख २७ हजार ९०५ किलो कृषि उपज भित्रिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा सबैभन्दा बढी सानो गोलभेडा, काँक्रो,…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमबार ६ लाख २७ हजार ९०५ किलो कृषि उपज भित्रिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा सबैभन्दा बढी सानो गोलभेडा, काँक्रो, प्याज र ठूलो गोलभेडाको आपूर्ति भएको हो।

तथ्याङ्कअनुसार ७३ हजार ४०० किलो सानो गोलभेडा, ५४ हजार ४०५ किलो काँक्रो, ५० हजार किलो सुकेको प्याज तथा ५० हजार ५०० किलो ठूलो गोलभेडा बजारमा भित्रिएको छ। यसैगरी करिब ४९ हजार किलो रातो आलु र ३२ हजार किलोभन्दा बढी सेतो मूला पनि आपूर्ति भएको छ।

समितिले मंगलबारका लागि निर्धारण गरेको थोक मूल्यअनुसार नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडा ११० रुपैयाँसम्म पुगेको छ।

अन्य तरकारीतर्फ रातो आलु प्रतिकिलो २५ रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ र स्थानीय काउली ४० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तने बोडी ४० रुपैयाँ, तितो करेला ५० रुपैयाँ, घिरौला ५० रुपैयाँ, भिण्डी ६० रुपैयाँ र स्कूस ७० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

हरियो सागसब्जीमध्ये पालुंगो, चमसूर र मेथीको सागको अधिकतम मूल्य ८० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो प्याज १२० रुपैयाँसम्म पुगेको छ।

फलफूलतर्फ कागतीको अधिकतम थोक मूल्य ३९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। त्यस्तै अनार ४७० रुपैयाँ, किवि ४५० रुपैयाँ र आभोकाडो ८०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। केरा प्रतिदर्जन २५० रुपैयाँ र फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँसम्म पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/