Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा निर्धारण गर्ने मूल्यअनुसार तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनको मूल्यमा सामान्य उतारचढाव…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा निर्धारण गर्ने मूल्यअनुसार तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँमा कारोबार भइरहेको छ भने गोलभेँडा सानो (लोकल) ५५ रुपैयाँ र सानो (भारतीय) ६० रुपैयाँमा निर्धारण गरिएको छ। आलु रातो प्रतिकिलो २५ रुपैयाँ र भारतीय आलु २४ रुपैयाँ रहेको छ भने सुकेको प्याज (भारतीय) ३६ रुपैयाँमा कायम गरिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ र तराई गाजर ३० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ र तराई बन्दा ३५ रुपैयाँमा बिक्री भइरहेको छ। काउली ३० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, भन्टा ५० देखि ६० रुपैयाँसम्म निर्धारण गरिएको छ।

यसैगरी सिमी वर्गका तरकारीमा घिउ सिमी ३० देखि १०० रुपैयाँसम्म, मटरकोसा ५५ रुपैयाँ र भटमास कोसा १४० रुपैयाँमा बिक्री भइरहेको छ। करेला ६० रुपैयाँ, लौका २५ रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ र घिरौँला ३५ रुपैयाँ कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग ५५ रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, मेथी ७० रुपैयाँ र हरियो प्याज १२० रुपैयाँमा बिक्री भइरहेको छ। च्याउतर्फ कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँसम्म पुगेको छ।

फलफूलतर्फ स्याउ २५० रुपैयाँ, कागती ३८० रुपैयाँ, केरा प्रतिदर्जन २५० रुपैयाँ, अनार ४२० रुपैयाँ र अङ्गुर २४० देखि ३८० रुपैयाँसम्म रहेको छ। किबी ४५० रुपैयाँ र एभोकाडो ८०० रुपैयाँमा निर्धारण गरिएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ६० देखि ८० रुपैयाँ र लसुन १३० देखि २०० रुपैयाँसम्म बिक्री भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/