Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फोनपे सिइओमा दिवस कुमार सापकोटा पुनः नियुक्त

काठमाडौं — फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस कुमार सापकोटा पुनः नियुक्त भएका छन्। कम्पनीले उनलाई थप चार वर्षका लागि सो जिम्मेवारी दिएको जनाएको छ। सन्…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस कुमार सापकोटा पुनः नियुक्त भएका छन्। कम्पनीले उनलाई थप चार वर्षका लागि सो जिम्मेवारी दिएको जनाएको छ।

सन् २०२१ देखि फोनपेको नेतृत्व गर्दै आएका सापकोटासँग बैंकिङ्ग प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनी फोनपेको प्रारम्भिक टोलीका सदस्यमध्ये एक हुन् र कम्पनीको प्रविधिगत आधार निर्माणमा प्रमुख प्रविधि अधिकृत (सीटीओ) का रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सीईओको रूपमा नियुक्त भएपछि सापकोटाको नेतृत्वमा फोनपेले उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। डिजिटल भुक्तानी प्रणाली विस्तार, सेवा गुणस्तर सुधार तथा नयाँ प्रविधिको अवलम्बनमार्फत कम्पनीले आफ्नो बजार उपस्थिति सुदृढ बनाएको बताइएको छ।

फोनपे नेपालमा डिजिटल भुक्तानी सेवा प्रदायकका रूपमा स्थापित कम्पनी हो, जसले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै सहज र सुरक्षित भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/