Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

४४ शाखा बन्द गर्दै एनआईसी एशिया बैंक लिमिटेड, उपत्यकाका मात्रै ३२ शाखा मर्ज

काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेड ले ठूलो संख्यामा शाखा समायोजन गर्दै ४४ वटा शाखा कार्यालय बन्द गरेको छ। बैंकले चार वटा प्रदेशमा रहेका शाखाहरू समायोजन गरी बिहीबारदेखि लागू हुने गरी सेवा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेड ले ठूलो संख्यामा शाखा समायोजन गर्दै ४४ वटा शाखा कार्यालय बन्द गरेको छ। बैंकले चार वटा प्रदेशमा रहेका शाखाहरू समायोजन गरी बिहीबारदेखि लागू हुने गरी सेवा पुनर्संरचना गरेको जनाएको छ।

बैंकका अनुसार समायोजनपछि ती शाखाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने ग्राहकहरूलाई सेवा समायोजित तथा नजिकका अन्य शाखाबाट प्रदान गरिनेछ। यस कदमलाई बैंकले सेवा प्रभावकारिता र सञ्चालन खर्च व्यवस्थापनसँग जोडेको जनाएको छ।

सबैभन्दा बढी प्रभाव काठमाडौं उपत्यका मा परेको छ, जहाँ ३२ वटा शाखा मर्ज गरिएका छन्। काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक, न्यूरोड, खिचापोखरी, भोटाहिटी, किलागल, तिन्चुली, चाबहिल, नरेफाँट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु, सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुलका शाखा बन्द गरिएका छन्।

त्यस्तै ललितपुर मा लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार र खोकनाका शाखा गाभिएका छन् भने चितवन को बसेनी शाखा पनि समायोजन गरिएको छ।

कास्की जिल्लामा पावरहाउस चोक, बुढीबजार, बाझापाटन, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखा बन्द भएका छन्। साथै मोरङ मा विराटनगर मेनरोड, हाटखोला र रानी मिल्स एरिया तथा पर्सा मा लिंक रोड र पावरहाउस चोकका शाखा पनि गाभिएका छन्।

यसरी काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका उल्लेख्य संख्याका शाखा बन्द भएसँगै बैंकले आफ्नो सेवा सञ्जाललाई थप केन्द्रित र डिजिटल माध्यमतर्फ उन्मुख बनाउने संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/