Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकद्वारा निर्धारण गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकद्वारा निर्धारण गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार यी विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुनसक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/