spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तकृषि, आईटी र उत्पादनमूलक उद्योग कर्जामा राष्ट्र बैंकको प्रोत्साहन

कृषि, आईटी र उत्पादनमूलक उद्योग कर्जामा राष्ट्र बैंकको प्रोत्साहन

काठमाडौं – नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (SME) क्षेत्रमा लगानी विस्तार गर्न महत्वपूर्ण नीति ल्याएको छ। केन्द्रीय बैंकले नयाँ निर्देशिका जारी गर्दै यस्तो क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्ने व्यवस्था गरेको हो।

निर्देशिका अनुसार, साना तथा मझौला उद्योगमा प्रवाह हुने ३ करोड रुपैयाँसम्मको कर्जामा जोखिम भार घटाएर ६० प्रतिशत कायम गरिएको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई SME क्षेत्रमा लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस्तै, कृषि, सूचना प्रविधि (आईटी) तथा उत्पादनमूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्मको कर्जा परियोजना धितोका आधारमा उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ। यसले परम्परागत धितो अभावमा पनि उद्यमीहरूले सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकको यस कदमले विशेषगरी उत्पादनमूलक क्षेत्र, कृषि र प्रविधि क्षेत्रमा लगानी वृद्धि हुने तथा देशको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, यसबाट रोजगारी सिर्जना र आन्तरिक उत्पादन वृद्धि हुने अपेक्षा समेत गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here