spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तराष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, तरलता व्यवस्थापनमा जोड

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, तरलता व्यवस्थापनमा जोड

काठमाडौँ – नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न आइतबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत बोलकबोल प्रक्रिया अपनाउँदै उक्त रकम बजारबाट तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस बोलकबोल प्रक्रियामा सहभागिता जनाउन पाउनेछन्। बोलकबोलमा प्रस्ताव गरिने ब्याजदर प्रतिस्पर्धात्मक हुनेछ र कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिने व्यवस्था गरिएको छ।

हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसका कारण अधिक तरलताको अवस्था देखिएको राष्ट्र बैंकले जनाएको छ। यही अवस्थालाई सन्तुलनमा राख्न तथा बजार ब्याजदरलाई व्यवस्थित गर्न निक्षेप सङ्कलन उपकरण प्रयोग गरिएको हो।

राष्ट्र बैंकले यसअघि पनि यस्तै उपकरणमार्फत पटक–पटक तरलता व्यवस्थापन गर्दै आएको छ। खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बढीमा ६ महिनासम्मका लागि यस्ता उपकरण प्रयोग गर्न सकिने प्रावधान रहेको छ।

यसपटक संकलन गरिने निक्षेपको सावाँ र ब्याज आगामी २०८३ वैशाख ६ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा आह्वान गरिएको कुल रकमसम्म हुने जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here