काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ। यस अवस्था व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार रुपमा निक्षेप संकलन गर्दै आएको छ। त्यसै क्रममा आज केन्द्रीय बैंकले एकैपटक १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ।
नेपाल राष्ट्र बैंकले फागुन १७ गतेदेखि ८७ दिनको लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल तथा निष्काशन प्रक्रिया सुरु गर्नेछ। यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गरिनेछ।
निक्षेप संकलनमा सहभागी हुन १० करोड र सो भन्दा बढी रकमका लागि ५ करोड रुपैयाँको भागमा बोलपत्र पेश गर्न सकिनेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप आह्वान रकमको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकको यो कदमले बैंकिङ्ग प्रणालीमा भिजेको तरलता घटाउने र वित्तीय स्थिरता कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।




