Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सरकारी भुक्तानी विद्युतीय प्रणाली वा अकाउन्ट पेयी चेकमार्फत मात्रै

काठमाडौं - नेपाल राष्ट्र बैंक ले सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ अन्तर्गत रहेको दफा ५.१६.१…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल राष्ट्र बैंक ले सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ अन्तर्गत रहेको दफा ५.१६.१ कार्यान्वयनका लागि थप प्रावधान सार्वजनिक गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब सरकारी खाताबाट हुने भुक्तानी अनिवार्य रूपमा विद्युतीय भुक्तानी प्रणाली (फाइनान्सियल पेमेन्ट सिस्टम) वा ‘अकाउन्ट पेयी’ चेकमार्फत मात्रै गर्नुपर्नेछ। यस सम्बन्धमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक निर्देशन समेत जारी गरिसकेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार, समय–समयमा जारी गरिने निर्देशनअनुसार उक्त व्यवस्थामा आवश्यक परिमार्जन हुन सक्नेछ। साथै, राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले जारी गर्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालयले आफ्नै खातामा जम्मा गर्न पठाउँदा बैंकको पछाडिपट्टि सम्बन्धित कार्यालयको प्रस्ट बुझिने आधिकारिक छाप अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ।

राष्ट्र बैंकले सरकारी कारोबारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन उक्त व्यवस्था लागू गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/