Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं – सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई कारबाही गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी अन्तर्गतको कार्यालयले तत्काल ऋण चुक्ता गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले बनेपा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई कारबाही गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी अन्तर्गतको कार्यालयले तत्काल ऋण चुक्ता गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारी संस्थाबाट ऋण लिई हालसम्म नतिर्ने ऋणीलाई सार्वजनिक सूचनामार्फत पाँच दिनभित्र कार्यालयमा उपस्थित भई रकम बुझाउन निर्देशन दिएको हो।

प्रहरीका अनुसार बनेपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएका १४२/१४२ जना ऋणी सम्पर्कविहीन रहेका छन्। उनीहरूले लिएको ऋण चुक्ता नगरेको पाइएको छ।

तोकेको समयसीमाभित्र सम्पर्कमा नआए खोजी कार्य अघि बढाएर कानुनबमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ। दुवै सहकारीका सञ्चालक समितिका पदाधिकारीमाथि बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोपमा मुद्दा दर्ता भइसकेको छ।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीविरुद्ध बचत अपचलनसम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ। सहकारी रकम अपचलन अभियोगमा हालसम्म २६ जना पक्राउ परेका छन् भने ६७ जना सञ्चालक फरार सूचीमा रहेका छन्।

प्रहरीले सहकारीका ऋणीलाई क्रमशः सम्पर्कमा ल्याई ऋण असुली प्रक्रिया अघि बढाउने जनाएको छ। प्रशासनले सर्वसाधारणलाई सहकारीमा लगानी गर्दा सचेत रहन र समस्या परेमा सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरेको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/