spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तएसियन लाइफका व्यतित बीमालेख पुनर्जागरणमा ५०%सम्म ब्याज छुट

एसियन लाइफका व्यतित बीमालेख पुनर्जागरणमा ५०%सम्म ब्याज छुट

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित (लाप्स) भएका बीमालेख पुनर्जागरण गर्ने बीमितलाई ५० प्रतिशतसम्म ब्याज छुट दिने योजना सार्वजनिक गरेको छ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघी पूर्ण व्यतित भएका बीमालेखमा यो सुविधा लागू हुने जनाएको हो।

सूचनाअनुसार २०८२ फागुन ८ गतेदेखि चैत २२ गतेभित्र पुनर्जागरण गरिएका बीमालेखमा ब्याज छुट प्रदान गरिनेछ। परिपक्व हुन बाँकी अवधि ५ वर्षभन्दा बढी रहेका बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधि बाँकी रहेका बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

तर, परिपक्व हुन दुई वर्षभन्दा कम अवधि बाँकी रहेका बीमालेखमा भने कुनै पनि ब्याज छुट उपलब्ध नहुने स्पष्ट गरिएको छ। साथै, यसअघि एकपटक ब्याज छुट सुविधा लिइसकेका बीमितलाई पुनः सोही सुविधा नदिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजनाले व्यतित बीमालेख पुनःसक्रिय गराई बीमितको जोखिम सुरक्षालाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here