Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गर्दै सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल तथा अन्य खाद्य वस्तुको मूल्यमा विविधता देखिएको छ। आज…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गर्दै सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल तथा अन्य खाद्य वस्तुको मूल्यमा विविधता देखिएको छ।

आज सार्वजनिक मूल्यसूची अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो (लोकल) गोलभेँडा ३० रुपैयाँमा उपलब्ध छ। आलु रातो २० रुपैयाँ र भारतीय आलु २२ रुपैयाँ प्रतिकिलोमा पाइँदा प्याज (भारतीय) ३६ रुपैयाँ कायम भएको छ।

हरियो तरकारीतर्फ गाजर २०–३० रुपैयाँ, बन्दा २५–३० रुपैयाँ तथा काउली ५० देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। त्यसैगरी भन्टा ६०–७० रुपैयाँ र मूला २०–३० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ।

दाल तथा सिमी वर्गमा बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ तथा घिउ सिमी ७० देखि १०० रुपैयाँसम्म कायम गरिएको छ। करेला १४० रुपैयाँ र भिन्डी ११० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

सागसब्जीतर्फ पालुङ्गो ८० रुपैयाँ, रायो साग ६० रुपैयाँ तथा हरियो प्याज ९० रुपैयाँ प्रतिकिलोमा पाइन्छ। च्याउको मूल्य भने उच्च रहेको छ, जसअनुसार कन्य च्याउ १३० रुपैयाँदेखि सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

फलफूलतर्फ स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, सुन्तला १५० रुपैयाँ तथा अङ्गुर २२० देखि ३५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। किबी ४०० रुपैयाँ र स्ट्रबेरी ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ तथा हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकिलोमा पाइन्छ। लसुन (चाइनिज) २४० रुपैयाँ र नेपाली लसुन १८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/