Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा भारी अङ्कको गिरावट कारोबार रकम मा भने वृद्धि

काठमाडौं,  साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३०.६० अंकले घट्दै २,५७०.१८ विन्दुमा कायम भएको छ। यससँगै…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,  साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक ३०.६० अंकले घट्दै २,५७०.१८ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ३.०४ अंक, फ्लोट इन्डेक्स १.९५ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले घटेका छन्।
परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६८ वटा स्टकको ५१ हजार २९५ पटकको कारोबारबाट ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको ४ करोड १७ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ। ऋणपत्रको कारोबार बढेकाले कुल कारोबार रकममा वृद्धि भएको हो।
सोमबार बढेका स्टकमध्ये कुनै पनि कम्पनीको मूल्यवृद्धि ५.५ प्रतिशतभन्दा माथि पुगेन। सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो। यता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रह्यो, जसको ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ सोमबार सबै १३ वटै उपसमूहका परिसूचक ओरालो लागेका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ। साथै, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/