बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पुराना भारतीय नोट विदेशी मुद्रा होइनन् : सर्वोच्च

काठमाडौं — सर्वोच्च अदालतले भारत सरकारले नोटबन्दी गरेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई विदेशी मुद्रा मान्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — सर्वोच्च अदालतले भारत सरकारले नोटबन्दी गरेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई विदेशी मुद्रा मान्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले ती नोटको कारोबारलाई विदेशी विनिमयसम्बन्धी कसुर मान्न नसकिने भन्दै चारै जना प्रतिवादीलाई सफाइ दिएको हो ।

भारतले सन् २०१६ मा ती नोट चलनचल्तीबाट हटाएको र सन् २०१७ मा कानुनी रूपमा अमान्य बनाएको थियो । अदालतका अनुसार जारीकर्ता देशमै कानुनी मुद्रा नरहेका नोटलाई नेपालको विदेशी विनिमयसम्बन्धी ऐनअन्तर्गत विदेशी मुद्रा मान्न मिल्दैन ।

२०७५ साउन १ गते रुपन्देहीको सिद्धार्थनगरस्थित होटल ह्वाइट लोटसबाट प्रहरीले भारु ५०० दरका ५ हजार ३०० र १ हजार दरका २ हजार ६५० गरी कुल ५३ लाख भारतीय रुपैयाँ बराबरका पुराना नोट बरामद गरेको थियो । उक्त घटनामा हेमराज कठरिया, दुधनाथ योगी, गणेश दगामी थापा र राजु बुढाथोकीविरुद्ध विदेशी विनिमय अपचलनको अभियोग लगाइएको थियो ।

जिल्ला अदालत र उच्च अदालतले उनीहरूलाई कसुरदार ठहर गरेका थिए । तर, सर्वोच्चले कानुनले कसुर नठहराएको कार्यमा सजाय दिन नमिल्ने भन्दै चारै जनालाई सफाइ दिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *