spot_img
19.1 C
Kathmandu
spot_img
HomeUncategorizedयुनाइटेड अजोड इन्स्योरेन्सलाई १५ प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डको हरियो संकेत

युनाइटेड अजोड इन्स्योरेन्सलाई १५ प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डको हरियो संकेत

नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको छ। बोर्डको माघ २७ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न पाउने भएको हो।

स्वीकृत विवरणअनुसार कम्पनीले १००ः१५ को अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बजारमा ल्याउनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरबाट कम्पनीले जम्मा २३ करोड १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद शेयरको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ। कम्पनीले हकप्रद शेयरमार्फत पुँजी संरचना मजबुत बनाउने अपेक्षा गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here