Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।

साथै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ ।

विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिँदै सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/