spot_img
21.8 C
Kathmandu
spot_img
Homeसमाचारजनउत्थान लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम तथा बिउबिजन वितरण कार्यक्रम सम्पन्न

जनउत्थान लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम तथा बिउबिजन वितरण कार्यक्रम सम्पन्न

कैलाली, प्रतापपुर। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय प्रतापपुर, कैलालीको आयोजनामा व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम तथा बिउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३४ जना लाभग्राही किसानहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक राजेश चौधरीले व्यावसायिक तरकारी खेतीको महत्व, आधुनिक खेती प्रविधि तथा उत्पादन वृद्धि गर्ने उपायहरूबारे प्रशिक्षण प्रदान गर्दै कृषिलाई व्यवसायका रूपमा विकास गर्न सके किसानको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै कृषि उत्पादनमा जोड दिन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा समाजसेवी राज कुमार चौधरीले कृषिक्षेत्रको विकासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै यस्ता तालिमले किसानलाई आत्मनिर्भर बन्न प्रेरणा दिने बताउनुभयो । उहाँले सीप, ज्ञान र मेहनतको समन्वयबाट सफल उद्यमी बन्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम कर्मचारी राजु महतको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य विष्ना चौधरीले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता शाखा सञ्चालन अधिकृत छोटेलाल चौधरीले गर्नुभएको थियो ।
समापन कार्यक्रममा जनउत्थान लघुवित्त वित्तीय संस्थाका ईलाका सञ्चालन अधिकृत गिरिराज रेश्मीले संस्थाको उद्देश्य बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँले सदस्यहरूको जीवनस्तर उकास्न विभिन्न सीपमूलक तथा आयमूलक तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनउत्थान लघुवित्तको लक्ष्य वित्तीय सेवा प्रदान गर्नु मात्र होइन, सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउनु पनि हो । यस्ता तालिम मार्फत प्राप्त ज्ञानलाई समूहका अन्य सदस्यहरूसँग बाँड्न, अनुभव आदानप्रदान गर्न तथा सफल उद्यमी बन्न प्रेरित गर्न गर्नुभयो । ज्ञानलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न प्रेरित गर्नुका साथै उत्पादनमूलक क्षेत्रमा ऋणको सही सदुपयोग गरी आयआर्जन वृद्धि गर्नु बारे बताउनुभएको थियो ”
कार्यक्रममा सहभागी किसानहरूलाई व्यावसायिक तरकारी खेतीका लागि आवश्यक बिउबिजनसमेत वितरण गरिएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गरी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै जनउत्थान लघुवित्तले आगामी दिनमा पनि सदस्यहरूको क्षमता अभिवृद्धि तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here