Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माडीमा जडीबुटी उद्यान बनाईदै

काठमाडौं — यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो ।

कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ । पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ ।

तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उनले जानकारी दिए । उनले भने, “जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ ।” यसका लागि कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

उनका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ । बाँसबाट बनेको बारले बिरुवाको संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/