Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बोर्डिङ पास हिनामिना प्रकरण :नेपाल वायुसेवा निगमका दुई कर्मचारी नियन्त्रणमा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत दुई जना कर्मचारीलाई आइतबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा निगमको ग्राउण्ड ह्याण्डलिङ विभागमा करार सेवामा कार्यरत सुमीत्रा चन्द र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत दुई जना कर्मचारीलाई आइतबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा निगमको ग्राउण्ड ह्याण्डलिङ विभागमा करार सेवामा कार्यरत सुमीत्रा चन्द र प्रवीण लामिछाने रहेका छन्। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
के थियो घटना ?
यस घटना एक भारतीय नागरिकसँग जोडिएको छ, जो सुरुमा इन्डिगो एयरलाइन्सको उडानमार्फत भारत जानका लागि अध्यागमन प्रक्रिया (इमिग्रेसन क्लिअरेन्स) पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालय (वेटिङ रुम) मा पुगेका थिए। अध्यागमन स्रोतका अनुसार प्रतिक्षालयमा पुगेपछि निगमकी कर्मचारी सुमीत्रा चन्दले ती यात्रुलाई ‘फ्लाई दुबई’ को बोर्डिङ पास उपलब्ध गराएकी थिइन्। सोही बोर्डिङ पासका आधारमा ती भारतीय नागरिक दुबई पुगेको तथ्य खुलेको छ। नियम उल्लंघन र अनुसन्धान                                                                                               कानुनी प्रावधान अनुसार भारतीय नागरिक नेपालको बाटो हुँदै तेस्रो मुलुक जानुपर्दा अनिवार्य रूपमा ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) पेस गर्नुपर्ने हुन्छ। एनओसी बिना नै यात्रुलाई अन्य देश प्रस्थान गराइएको यो गम्भीर गल्ती फेला परेपछि अध्यागमन विभागले थप छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो। विभागको सोही आग्रहका आधारमा प्रहरीले दुवै कर्मचारीलाई हिरासतमा लिएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/