spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारभारतको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

भारतको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री शिशिर खनाल छिमेकी देश भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको विशेष निमन्त्रणामा उहाँ जेठ २२ गतेदेखि २४ गतेसम्म हुने तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएका मन्त्री खनाललाई भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भव्य स्वागत गर्नुभएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी डा. जयशङ्करसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो अवसरमा दुई देशबीचको व्यापार प्रवर्द्धन, लगानी भित्र्याउने विषय, अन्तरदेशीय सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को विस्तार, ऊर्जा विकास तथा दुई देश बिच रहेको सम्बन्धलाई थप सुदृढ बनाउने लगायतका साझा हितका एजेन्डामा विस्तृत छलफल हुने कार्यतालिका छ। आफ्नो तीनदिने औपचारिक भ्रमणका सम्पूर्ण कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here