Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

परराष्ट्रमन्त्री शिशिर खनाल भोली भारत भ्रमणमा जादै

भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल जानुहुने भएको छ । परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता भ्रमणका…


विज्ञापनAdvertisement Banner
1 min read

भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल जानुहुने भएको छ ।

परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता भ्रमणका क्रममा गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/