Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखालको गोहीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा…


विज्ञापनAdvertisement Banner
1 min read

भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखालको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो । घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि आज खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/