Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री बालेन

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको सुकुमबासी ब्यवस्थापन ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको सुकुमबासी ब्यवस्थापन ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताए । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे ।

उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए ।

जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/