Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सार्वजनिक संस्थानको नाफा बढ्यो: २७ नाफामा, १६ घाटामा

काठमाडौं — आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये २७ वटा संस्थान नाफामा रहेको देखिएको छ भने १६ वटा संस्थान घाटामा रहेका छन्। दुईवटा संस्थानको विवरण भने उपलब्ध नभएको अर्थमन्त्रालयद्वारा सार्वजनिक…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये २७ वटा संस्थान नाफामा रहेको देखिएको छ भने १६ वटा संस्थान घाटामा रहेका छन्। दुईवटा संस्थानको विवरण भने उपलब्ध नभएको अर्थमन्त्रालयद्वारा सार्वजनिक वार्षिक स्थिति समीक्षामा उल्लेख गरिएको छ।

समीक्षा अनुसार, नाफामा रहेका संस्थानहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५८ प्रतिशतले वृद्धि भई ४८ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, घाटामा रहेका संस्थानहरूको खुद नोक्सान भने ४.१४ प्रतिशतले घट्दै ३ अर्ब ८० करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ।

विशेषगरी नेपाल आयल निगम लिमिटेड र तीन वाणिज्य बैंकहरूको नाफामा भएको उल्लेखनीय वृद्धिले समग्र सार्वजनिक संस्थानहरूको नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यससँगै, सार्वजनिक संस्थानहरूको समग्र खुद नाफा १२.०३ प्रतिशतले बढेर ४५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४० अर्ब २४ करोड २८ लाख रुपैयाँ रहेको थियो।

यसबीच, जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भए पनि यसको भवन तथा जग्गा भाडाबाट आय भइरहेको तथ्य पनि सार्वजनिक भएको छ।

घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा.लि., नेपाल मेटल कम्पनी लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन् भने धौबादी फलाम कम्पनी लिमिटेडले अझै व्यावसायिक कारोबार सुरु गरेको छैन। यद्यपि, नियमित प्रशासनिक खर्चका कारण यी संस्थानहरू निरन्तर घाटामा देखिएका हुन्।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरण अनुसार, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी १३.४४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लगानी ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ थियो।

सेयर लगानी १.४८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७० अर्ब २५ करोड १९ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी २६.३२ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ पुगेको छ। कुल ऋण लगानीमध्ये ८१.७३ प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरणमा केन्द्रित रहेको देखिन्छ।

त्यसैगरी, कुल सेयरधनी कोष (नेटवर्थ) ३.८९ प्रतिशतले बढेर १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल आय ०.६७ प्रतिशतले वृद्धि भई ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन कुल ग्राहस्थ उत्पादनको ११.८ प्रतिशत बराबर हो।

त्यस्तै, कुल सञ्चालन आय पनि ०.६६ प्रतिशतले बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ खर्ब ६८ अर्ब ३ लाख रुपैयाँ थियो।

समग्रमा, सार्वजनिक संस्थानहरूको वित्तीय स्थिति सुधारतर्फ उन्मुख देखिए पनि केही संस्थानहरूको सञ्चालन तथा व्यवस्थापन चुनौती अझै कायम रहेको देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/