spot_img
18.1 C
Kathmandu
spot_img
Homeसमाचारयस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं — आज बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो।

आर्थिक वर्ष ८३।८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे-केरुङ) कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत गर्ने निर्णय समेत भएको छ ।

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय भएको हो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here