Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तीन मौसमी प्रणालीको प्रभाव कायम, आज ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं — देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली भएको छ ।

हाल गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही भूभागमा अत्यधिक गर्मीका कारण तातो दिनको अवस्था रहने अनुमान गरिएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ । ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/