Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। सरकारले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

सरकारले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी बढाउने तथा निजी विद्यालयलाई नियमन गरेर सेवामुखी बनाउने रणनीति लिएको जनाएको छ। साथै, उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट तथा एआई प्रविधि विस्तार गर्ने योजना पनि अघि सारिएको छ।

नीति तथा कार्यक्रममा शिक्षक नियुक्ति, पदोन्नति र मूल्यांकनलाई योग्यता तथा प्रतिस्पर्धामा आधारित बनाइने उल्लेख गरिएको छ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने सरकारको भनाइ छ।

त्यस्तै, शिक्षालाई गुणस्तरीय, व्यवहारिक र रोजगारीमुखी बनाउन सबै तहको पाठ्यक्रम पुनरावलोकन गरिने जनाइएको छ। विद्यार्थीको सीप, क्षमता र व्यावहारिक ज्ञान विकासमा विशेष जोड दिइने सरकारको योजना रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/