Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ।

यसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/