Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रका कारण मौसम बदली भएको हो।

 

 

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानसहित अन्य पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी मधेस प्रदेशका एक–दुई स्थानमा वर्षाको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने सम्भावना छ। साथै मधेस प्रदेश र अन्य हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/