नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा फेरबदल भएको छ। सरकारले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई सुम्पेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरेका हुन्। यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।
राजनीतिक नियुक्तिहरू बदर गर्ने अध्यादेश जारी भएसँगै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए। शाक्यको बहिर्गमनपछि रिक्त रहेको कार्यकारी पद सम्हाल्ने जिम्मेवारी सरकारले श्रेष्ठलाई दिएको हो।
दीर्घायु कुमार श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक




