Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम, पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा ले आज देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहेको जनाएको छ। साथै, नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका कारण मौसममा बदली र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा ले आज देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहेको जनाएको छ। साथै, नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका कारण मौसममा बदली र वर्षाको सम्भावना बढेको बताइएको छ।

हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका केही भूभागमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि मौसममा खासै सुधार नआउने जनाइएको छ। कोशी प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा जारी रहन सक्ने अनुमान छ। अन्य प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ।

महाशाखाले चट्याङ्ग, वर्षा र सम्भावित हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/